भावनात्मक कुरा।

मनका भावनात्मक कुरा

नेपालमा अाज लकडाउनकाे ३९ दिन,अहिले विश्व काेराेना माहामारीले अाक्रान्त बनेको छ,धेरै देशका नागरिक लकडाउनमा घरमै बसेका छन्।

सबैभन्दा ठूलो कुरा त राेगलाई जित्नु र राेगबाट बच्नु रहेछ,बाच्ने रहर त सबैलाई हुन्छ नि हैन र?

यसपटक मलाई सबैभन्दा धेरै फुर्सद भयाे ,मलाई लागिरहेको छ यो नै मेरो जीवनमा घटेको सबैभन्दा ठूलो लामाे घर बसाइकाे घटना हो।

३९ दिनमा धेरै कुरा नजिकै बसेर हरिरहेकाे छु,सुरुको हप्तामा फुलेको गमलाकाे फुल अब अाेइलाउन/सुक्न थालेकाे छ,घर अगाडिको राेडमा घास उम्रेर हरियो सुन्दर भएको छ,मेरो दाह्री कपाल बढेर एेना हेर्दा अाफैलाई डर लाग्ने भएको छ,कतै सवारीसाधनकाे साइरन सुन्दा झसङ्ग हुने भएको छ,घरबेटी अामा युरिक एसिडले मर्निङ वाक गर्न पाउनु भएको छैन, कसैलाई सामान्य ज्वरो अायाे भने टाेल नै तर्सने भएको छ  र यस्ता थुप्रै अचम्म लाग्ने घटनाक्रम सिर्जना भैरहेका छन् अनि काेराेनाकाे नयाँ संक्रमण भेटियो भन्दा चाहिँ सामान्य लाग्न थालेको छ।

व्यवस्थापन तथा अर्थशास्त्रकाे विद्यार्थी भएकोले विश्व अर्थतन्त्रकाे अध्ययन गर्दा अहिले विश्वमा अार्थिक मन्दी सुरु भएको छ,व्यावसायमा उच्च गिरावट हुने छ भने ,दैनिक श्रम गर्नेहरु दुईछाक टार्न समस्यामा परेका छन् ,कयौं श्रम राेजगारी समस्या छन् र मानिसले हरेक अफ्ट्यारा परिस्थितिकाे सामना चाहिँ  गरिरहेका छन्।

अब कराेना भाग्नेछ,लकडाउन सकिने छ,मानिस स्वतन्त्र हुनेछन्,व्यापार व्यावसाय सुचारु हुनेछ,श्रमिकले श्रम गरेर पैसा कमाउने छन् र मुख मिठाे पारेर दुई छाक खानेछन्,अाफ्नै घरमा बन्दक भएर बस्नुपर्ने छैन।

दुई हप्ता पछाडि अमेरिका बाट नेपालका लागि अामाकाे उडान छ करिब ५ महिना पछाडि अामासग भेट हुने खुसी छुट्टै थियो,तर काेराेना माहामारीले अन्तर्राष्ट्रिय हवाई उडान अनिश्चित भए सगै अब अामा अाउने भाका पनि अनिश्चित भएको छ,हरेक सन्तानलाई अामा सबैभन्दा धेरै प्याराे हुन्छ नै,अब मेरो सामु छिट्टै यो काेराेना विश्वबाट विदा मागाेस अामासग नेपालमा भेट हाेस्  सबैलाई शान्ति प्रदान गराेस,हराएको खुसी फेरि मिलाेस।

Comments

Popular posts from this blog