नेतृत्वलाई सुझाव
अादरणिय नेतृत्वमा रहेका पार्टी शिर्ष नेताज्युहरु....
देश समृद्ध बनाउने बाटोमा लागेर अाफ्नाे सबै समय राजनीतिमा खर्चेका तमाम पार्टी समर्थककाे प्रतिनिधित्व गर्दै केही कुरा राख्न चाहान्छु।
पछिल्लो समय पार्टी भित्रकाे राजनीतिक जाेडघटाउ र विचार समुहका नेताहरुकाे अभिव्यक्तिले अाम पार्टी समर्थकमा निराशा उत्पन्न हुन थालेको छ भने ,जनताको अगाडि छाती चाैडा पारेर देश विकसित हुन्छ भनेर अस्ति भर्खरै भनेको अाफ्नाे वचन खेर जाने हो कि भन्ने चिन्ताले सताएको छ।
कुरा समस्याको-अहिले पार्टी भित्र जुन गणितीय खेलकाे गन्ध अाईरहेकाे छ यो एउटा असल कार्यकर्ताकाे भावना विपरीत भैरहेको छ,सम्पूर्ण समय राजनीतिमा खर्चेको एउटा कार्यकर्ता विरुद्ध भैरहेको छ र जाे जाे विचार समुहका नेताहरु संचार माध्यममा भड्किलो अभिव्यक्ति दिइरहेका छन् उनीहरू यो पार्टीको मुख्य उद्देश्य विपरीत अाफुलाइ समुहमा अब्बल देखाउन गरिरहेका छन् यो कार्य निन्दनीय छ,अाफ्नै पार्टी र सरकारकाे बदनाम सतहमा ल्याउन उद्दत नेताहरुले गरेको राजनीति कुनै पनि मानेमा जनताको हितमा छैन।विचार समूह (गुट) भन्ने ठूलो नेतासँग जुका जस्तै टासिएर बस्ने ठुलो नेताकाे संचार माध्यम बन्ने र भड्किलो अभिव्यक्ति दिएर परिस्थिति गिजाेल्ने काम किमार्थ स्विकार छैन र सगसगै यो सरकार परिवर्तनको अहिले नै विकल्प छैन-नखाेजियाेस।
यो सरकार जनताले काम गर्नका लागि चुनेर पठाएको हो ता कि देशमा स्थाइत्व,समृद्धि र स्थिर सरकार हाेस।
हिजो हामीले चुनावमा अाम समुदायको अगाडि विकासको मुल फुटाउने भनेर मन र मत जितेर शाशन व्यवस्थाकाे मध्यमार्गी बनेका छाै,हामीले जितेको त्यो मतको अपमान गर्दै केही नेताहरू पार्टी विभाजन गर्ने हुङ्कार पिटेर हिड्नु अाम जनताको मतकाे खिल्ली उडाउनु हो ।

हो पार्टी भित्र विभिन्न असहमति हुनसक्छन् त्यसको समाधान सतहमा ल्याएर दुश्मनलाई हासाे देखाउनु उचित हो र?
यति लामो राजनीतिक इतिहास बाेकेका नेताहरूले घरमै बसेर यो समस्या समाधान गरेर यो देशको समृद्धिमा अघि बढाैं।
हैन र पार्टी विभाजन गर्ने जस्तो घृणित काममा काेहि नेता लाग्छ भने अाम कार्यकर्ता र जनताले गल्ति गल्लिबाट चुटेर पठाउने छन्।

अहिले विश्व काेराेना माहामारीमा छ यसको सामना गर्नु छ,तितरबितर भएको देशको विकासलाई ठाउँमा ल्याउनु छ।
त्यसैले देश लकडाउनमा छ घरमै बसेर संवाद गराै समाधान निकालाैं ,राजनीतिक खिचातानीमा नलागाैं, जनताको विश्वासमा खेलवाड नगराैं, संवाद गराै फेरि पनि संवाद गराैं र मेलमिलाप गरेर अघि बढ्ने निश्कर्षमा पुगाैं।
त्यसैले देश लकडाउनमा छ घरमै बसेर संवाद गराै समाधान निकालाैं ,राजनीतिक खिचातानीमा नलागाैं, जनताको विश्वासमा खेलवाड नगराैं, संवाद गराै फेरि पनि संवाद गराैं र मेलमिलाप गरेर अघि बढ्ने निश्कर्षमा पुगाैं।
र
प्राकृतिक रुपले सम्पन्न देशको विकास करिब ७/१० वर्षमा हुन्छ यसका लागि देश भित्र र बाहिरका विज्ञ समुह बनाउ,फरक पार्टीका शीर्ष विज्ञ नेतृत्व गरिसकेका व्यक्ति वा संस्थाहरुलाई पनि योजना बनाउने जिम्मा दिउ,जनताको अाधारभुत अावश्यकतामा पहिला ध्यान दिउ,देश भित्रकाे श्राेत साधनको उचित व्यवस्थापन र प्रयोग गराैं र समृद्ध बनाैं दैनिक श्रम गर्दा मात्रै बाच्ने परिपाटीकाे सधैंका लागि अन्त गराैं।
निराजन खतिवडा
नेकपा संगठित सदस्य
निराजन खतिवडा
नेकपा संगठित सदस्य
Comments
Post a Comment